बिहिबार, मंसिर १४, २०८०
Dashain

सगरमाथामा सुरक्षाकर्मी परिचालन गरिने

 काठमाडौं फागुन ११, वर्ष २०१४ अप्रिलमा सुरु हुँने सगरमाथा आरोहणको समयसंगसंगै नेपाल सरकारले सगरमाथामा आधार शिविरमा सुरक्षाकर्मी everestपरिचालन गर्ने तयारी गरेको छ । केही समयअघि सगरमाथा आरोहण गर्दै गरेको आरोही र स्थानीय शेर्पा समुदायबीच विवाद उत्पन्न भएको घटना सार्वजनिक भएपछि सरकारले सगरमाथामा आधार शिविरमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको आजको कान्तिपुर दैनिकले खवर छापेको छ।

गत अप्रिलमा यूरोपेली आरोही र स्थानीय शेर्पाबीच भएको विवाद पछि साम्य भएको थियो । पछिल्लो समय सगरमाथा आरोहण गर्नेको संख्या बढ्दो क्रममा छ । अब यो बर्षको सगरमाथा आरोहण समय सुरु हुँदैछ । अबको दुई महिनापछि अप्रिलमा नेपाली सेना र प्रहरी रहेको सुरक्षाकर्मी टोली परिचालन गरिने सरकारी तयारी छ ।

पर्यटन मन्त्रालयको टोलीसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीका तीन९तीन सदस्य रहेको नौ सदस्यीय सुरक्षा टोली परिचालन हुने पर्यटन मन्त्रालयका दिपेन्द्र पौडेलले बताए । चुचुरामा डोरी बाँध्ने बिषयमा अघिल्लो बर्ष स्थानीय शेर्पा र आरोहीबीचको विवादले आरोहीको सुरक्षाबारे प्रश्न खडा गरेको थियो । सातहजार चारसय ७० मिटर उचाईमा उनीहरुबीच विवाद भएको थियो । सुरक्षाकर्मीको टोली परिचालनपछि आरोहीलाई उद्दार गर्न, सफाईमा ध्यान दिन र नियम पालना गराउन सहज हुने मन्त्रालयको विश्वास छ । सन् १९५३ मा तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेपछि तीन हजार भन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31