काठमाडौं फागुन ९, व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित हुनुभएकामा विभिन्न दलका सभासद्ले बधाई र उहाँको कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको छ ।
यसरी शुभकामना दिनु हुँनु हुनेहरुमा नेकपा (एमाले)का रवीन्द्र अधिकारी, एमाओवादीका जनार्दन शर्मा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्रनारायण देव, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा, मधेसी जनअधिकार फोरम नेपालका लालबाबु राउत, नेकपा (माले)का सिपी मैनाली, सङ्घीय समाजवादी पार्टीका अशोक राई,नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल र तराई मधेस सद्भावना पार्टीका नरेन्द्र साह लगायतका सभासदहरुले प्रधानमन्त्रीलाई बधाई दिँदै आआफ् अभिव्यक्ति दिनु भएको थियो ।
त्यस्तै सभासदहरु मध्य कसैले एमालेसँग गरिएको सातबुँदे सहमति कार्यान्वयनमा सरकारले अग्रसरता देखाउनुपर्नेमा जोड दिँनु भएको थियो भने कसैले सत्यनिरुपण र बेपत्ता छानबिन आयोग गठन गर्न माग गर्नुभएको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भने प्रधानमन्त्रीको कार्यकालको सफलताको कामना गर्नुभयो र भन्नुभयो – सरकारले फागुन ७ गतेलाई औपचारिक रुपमा मनाउनु स्वागतयोग्य कार्य भएको बताउँनु भएको थियो ।