काठमाडौं फागुन ५, विधानसभाको अध्यक्षको लागि भोलि व्यवस्थापिका संसदमा निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसद कार्यव्यवस्था समितिको सुझावमा संविधान सभाका ज्येष्ठ सभाध्यक्षले निर्वाचनका लागि तोकेको मिति र समय अनुरुप भोलि अपरान्ह ५ बजे हुने भएको छ । निर्वाचनमा नेकपा एमालेले सुबास नेम्बाङलाई सभामुखको उम्मेदवारी बनाउने घोषणा यसअघिनै गरिसकेको छ भने एमाओवादीले भने संविधान निर्माणको प्रक्रिया सहज बनाउन सभाध्यक्ष पद आफूहरूले पाउनुपर्ने दाबी सहित कृष्णबहादुर महरालाई उम्मेदवार बनाउँने तयारी गरिरहेको छ ।
यसैवीच निर्वाचन सम्बन्धीप्राप्त थप जानकारी अनुसार राजनीतिक सहमतिका आधारमा चयनका लागि सोमबार अपराह्न १ देखि २ बजेसम्म प्रस्ताव दर्ता गर्नुपर्छ । सहमति नभए मंगलबार १ देखि २ बजेसम्म उम्मेदवारी दर्ता हुँने बताईएको छ । निर्वाचन प्रयोजनार्थ कांग्रेसले आफ्ना सबै सभासदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । संविधानसभारकार्यव्यवस्था समितिका सदस्य चीनकाजी श्रेष्ठद्वारा जारी ह्विपमा कसलाई मतदान गर्ने भन्ने विषय भने उल्लेख छैन ।