बुधबार, अशोज १७, २०८०

राष्ट्रपति निर्वाचनको कुरा एमालेको हलो अड्काएर गोरु चुट्ने दाउ: उपसभापति पौडेल

काठमाडौँ फागुन १० , नेपाली काँग्रेस महोत्तरी–काठमाडौँ सम्पर्क समितिद्वारा आज महोत्तरी जिल्लाबाट संविधानसभामा काँग्रेसको तर्फबाट प्रतिनिधित्व ram chandraगरेका सभासद्हरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भनेर निहुँ खोज्नु हलो अड्काएर गोरु  चुट्ने दाउ भएको बताउँनु भएको छ ।

त्यस्तै उपसभापति पौडेलले पार्टी सभापति सुशील कोइरालालाई पूर्ण विश्वास गरेर नै संसदीय दलको नेता एवम् प्रधानमन्त्री चयन गरेको बताउँदै अहिले प्रधानमन्त्रीलाई संसदीय व्यवस्था विपरीत पार्टीभित्र र बाहिरबाट हातखुट्टा बाँध्ने र अधिकार प्रयोग गर्न रोक लगाउँने काम हुँदै आएको बताउँदै एमालेलाई गृह मन्त्री दिने सम्झौता पार्टीले नगरेको भन्दै बताउँनु भएको छ । कार्यक्रममा उपसभापति पौडेलले सभासदहरु क्रमस सीताराम भण्डारी, किरण यादव र सङ्गीता मण्डललाइ सम्मान गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31