मङ्लबार, जेष्ठ २३, २०८०

राष्ट्रपतिबाट जारी बाधा अडकाउ फुकाउ आदेश दुई तिहाई मतले अनुमोदन

1inside
(फाइल फोटो)

 काठमाडौं माघ १९, व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रपतिबाट जारी भएको बाधा अडकाउ फुकाउ आदेश मतदानविधिबाट अनुमोदन गरिएको छ । को लागि प्रस्तुत प्रस्ताव अनुमोदनकोलागि बैठकमा टेवल गर्दा प्रस्ताव उपर सर्वसम्मती कायम हुन नसक्दा मतदानमार्फत दुई तिहाई मतले आदेशलाई अनुमोदन गरिएको हो ।

यसरी अनुमोदन गरिएको आदेशहरुमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम राष्ट्रपतिबाट तत्कालीन सरकारको सिफारिसमा गत २०६९ चैतमा जारी  पच्चीसबुँदे आदेश  त्यस्तैगगरि   २०७० असोजमा जारी  निर्वाचन सुनिश्चितासम्बन्धी आदेश र  निर्वाचनमा सैनिक परिचालनसम्बन्धी संविधानका विभिन्न धारा संशोधनका लागि बाधा अड्काउ फुकाउने आदेश रहेका छन ।

संसद नभएको बेला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनको संवैधानिक व्यवस्था गर्नेदेखि निर्वाचनका कानुनहरु निर्माणका लागि राष्ट्रपतिबाट तीन पटक बाधा अड्काउ फुकाउ आदेश जारी भएको थियो । व्यवस्थापिका संसद्को अर्काे बैठक यही माघ २२ गते बुधवार अपराह्न १ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31