मङ्लबार, जेष्ठ २३, २०८०

राष्ट्रपतिको निर्वाचन र मन्त्रालय बाँडफाँडको प्रसंगमा काँग्रेस र एमालेबीच अड्केको गाँठो फुकाउँने प्रयास जारी

 काठमाडौं माघ २६, सरकार गठनका लागि केही दिनयता देखि काँग्रेस र एमालेबीच चल्दै गरेको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन । शक्ति sushil-and-jhalanathबाँडफाँडसहित प्याकेजमा सहमति गर्ने भन्दै आएका नेकपा एमाले र काँग्रेसका शिर्ष नेताहरुवीच शनिवार अवेरसम्म भएको वार्तामा सहमति जुट्न नसकेपछि आज पून सहमतिकै लागि छलफलमा जुटेका छन् । शनिवार काँग्रेस सभापति सुशील कोईराला र एमाले अध्यक्ष झलनाथ खनालवीच र दुवैदलले वार्ताका लागि गठन गरेको कार्यदलवीच छलफल भएपनि सहमति भने जुट्न सकेन ।
यद्यपी अझै पनि सहमतिको वातावरण बनाउँदै राष्ट्रपतिको नयाँ निर्वाचन र मन्त्रालय बाँडफाँडलाई लिएर अड्केको गाँठो फुकाउँने प्रयासमा दुवै दलका नेताहरु लागि परेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रस्तुत प्रसंगमा विशेष छलफलमा जुटेका यि दुईदलवीच छलफल चलिरहेकाले भरेसम्ममा सहमतिको प्रवल संचावना रहेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31