बुधबार, अशोज १७, २०८०

मुलुक र मुलुकवासीको हितमा काम गर्नु हरेक राष्ट्रसेवकको कर्तव्य : राष्ट्रपति डा यादव

काठमाडौँ माघ २८, राष्ट्रपति डा रामवरण यादवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २३ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष r yadavकार्यक्रममा लोभ र भाभको आकक्षाले देशको विकास नहुने भन्दै राष्ट्र निर्माणमा सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभएको छ । त्यस्तै उहाँले राष्ट्रको एकता, अखण्डता, सार्वभौमसत्ता अक्षुण्ण राख्दै सामाजिक एवम् साम्प्रदायिक सद्भावका साथ मुलुक र मुलुकवासीको हितमा काम गर्नु हरेक राष्ट्रसेवकको कर्तव्य भएको भन्दै 

संविधानसभा÷व्यवस्थापिका–संसद्लाई गाडीका रूपमा चित्रित गर्दै उहाँले जननिर्वाचित उक्त सर्वोच्च निकाय सञ्चालन भएबाट कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सही बाटोमा आएकाले बताउँनु भएको छ ।   कर्यक्रममा राष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण तथा त्यसविरुद्धको चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान गरेका राजधानी, अन्नपूर्णपोष्ट, आर्थिक, द हिमालयन टाइम्स दैनिक, घटना र विचार, जनधारणा, जनभावना, तरुण, दृष्टि, पुनर्जागरण, मधेसवाणी, साँघु र साप्ताहिक विमर्श तथा नेपाल टेलिभिजन, रेडियो नेपाल, एभिन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज २४ टेलिभिजन र हिमालय टेलिभिजनलाई कदरपत्र प्रदान गर्नुंभएको थियो ।

 कार्यक्रममा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विगतको तुलनामा मुलुकमा भ्रष्टाचार केही घटेको भए पनि सन्तोष मानेर बस्ने अवस्था नरहेको बताउँदै शिक्षा, स्वास्थ्य खानेपानीजस्ता आधारभूत आवश्यकता प्राप्त गर्नबाट धेरै जनता वञ्चित भएका र त्यसमा सेवाप्रवाह गर्नुपर्ने निकायबाट उचित सम्बोधन नभएको, वैदेशिक सहायताको दुरूपयोग बढेको, अतिरिक्त लाभको अपेक्षा गर्ने राष्ट्रसेवक कर्मचारीको मनोवृत्ति बढेको उल्लेख गर्दै पदीय जिम्मेवारी दृढतापूर्वक निर्वाह नगर्नेहरूविरुद्ध आयोग अझ कडा रूपमा प्रस्तुत हुने चेतावनी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31