मङ्लबार, अशोज १६, २०८०

बैक ठगी गर्नेको सूचना दिनेलाई रु तीन लाख पुरस्कार

  अभियुक्तको फोटो
(अभियुक्तको तस्बिर)

  काठमाडौँ माघ २७   , मेगा बैंक नेपाल लिमिटेडले कीर्ते गरी रु दुई करोड ठगी गर्नेको सूचना दिनेलाई रु तीन लाख पुरस्कार Mega-Bankदिने घोषणा गरेको छ । अभियुक्तको तस्बिर आज सार्वजनिक गर्दै बैंकले अभियुक्तबारे सूचना दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई रु तीन लाख पुरस्कार दिने घोषणा गरेको हो । मेगा बैंकमा रहेको टुरिज्म डेभलपमेन्ट बैंकका खाताबाट अभियुक्तले रु दुई करोड नौ लाख ९० हजार गत बिहीबार ठगी गरेका थिए ।

बैंकको शाखा कार्यालय तथा क्लियरिङको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकबाट रकम ठगी भएको उक्त बैंकले जनाएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले आवश्यक कारबाही अघि बढाउनुको साथै अभियुक्तको खोजीलाई तीव्र गतिमा अघि बढाएको जनाउँदै अभियुक्तकोसम्बन्धमा वास्तविक सूचना तथा जानकारी नजिकको प्रहरी कार्यालय अथवा फोन नम्बर ९८०३९२५०३७ मा दिन मेगा बैंकले अनुरोध गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31