शुक्रबार, मंसिर १५, २०८०
Dashain

बहुमतीय सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिको आग्रह (विज्ञप्ति सहित)

  काठमाडौँ माघ २०, राष्ट्रपति डा.रामवरण यादवले बहुमतीय सरकार गठनका लागि प्रक्रिया प्रारम्भ गर्न व्यवस्थापिका– संसद्को हैसियतमा काम गर्ने  विज्ञप्तिसंविधानसभालाई आग्रह गर्नुभएको छ । राष्ट्रपति डा. यादवले आज अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९२० बमोजिम बहुमतीय सरकार गठनका लागि प्रक्रिया प्रारम्भ गर्न संविधानसभालाई सन्देश पठाई सो आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति डा. यादवले माघ १२ गते संविधानको धारा ३८ को उपधारा -१० बमोजिम माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन र उनकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको थियो तर तोकिएको समयसिमामा सहमतिय सरकार गठन हुन नसकेपछि राष्ट्रपति द्दारा बहुमतीय सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न आग्रह गनु भएकोे हो ।

  राष्ट्रपति कार्यालयका सहसचिव भूपेन्द्रप्रसाद पौड्यालद्वारा जारी प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम सम्वत् २०७० साल मङ्सिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न भई हाल संविधानसभाको बैठक र व्यवस्थापिका–संसदको अधिवेशन समेत प्रारम्भ भइसकेको अवस्था रहेकोले राजनीतिक सहमतिका आधारमा नवनिर्वाचित संविधानसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको सरकार अविलम्ब गठन गर्न वान्छनीय भएकाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम संवत् २०७० साल माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मिति २०७०/१०/१२ मा आह्वान गरिएकोमा उल्लिखित समयावधिभित्र नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन नसकेकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिमको प्रक्रिया प्रारम्भ गर्न व्यवस्थापिका–संसदको हैसियतमा काम गर्ने संविधानसभालाई सन्देश पठाउने निर्णय गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएकोछ ।

आज्ञाले,

(भूपेन्द्रप्रसाद पौड्याल)

सहसचिव

मितिः २०७०/१०/२०

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31