काठमाडौ फागुन १०, पत्रकार महासङ्घको आसन्न अधिवेसनलाइ लक्षित गदै प्रेस चौतारी नेपालको श्रमजीवी पत्रकारहरूको आह्वान, प्रेस स्वतन्त्रतासहितको संविधान’ भन्ने मूल नारासहित धौलागिरि अञ्चलस्तरीय भेलाको आयोजना गरेको छ । पर्वतको मिलन चोकमा आयोजित उक्त भेलाले प्रेस चौतारीको सङ्गठन सुदृढीकरण लगायतका मुद्धामा आफ्नो अभिमत प्रकट गदै श्रमजीवी पत्रकारको हकअधिकार, सुरक्षालगायतका विषयसम्बन्धी पाँचबुँदे घोषणापत्र समेत जारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।