काठमाडौँ फागुन ७, ६४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७० को अवसरमा राष्ट्रपति डा रामवरण यादवले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै २००७ सालको ऐतिहासिक परिवर्तनलाई स्मरण गराउने यो दिवसले हामी सबैका निम्ति विशेष महत्व राख्ने बताउँनु भएको छ । त्यस्तै उहाँले सन्देसमा नेपाल र नेपाली जनतालाई पहिलो पटक आधुनिक र लोकतान्त्रिक जीवन पद्धतिको मार्गदिशा प्रदान गर्ने आजको दिनलाई हामीले राष्ट्रिय प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आइरहेको उल्लेख गर्दै सार्वभौम संविधानसभाले मुलुकलाई सबै दलले प्रतिबद्धता गरेको समयभित्रै जनभावना अनुरूपको संविधान दिने विशेष प्रण र प्रयत्न गर्नेछन भन्ने विश्वास व्यक्त गनु भएको छ ।