मङ्लबार, अशोज १६, २०८०

नेवानिको नाइन एन एबीबी कल साईन विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

nepal_airlines_twin_otter
(गुगल फोटो )
  •   सबै यात्रुको निधन

काठमाडौं फागुन ५, पोखराबाट जुम्लाको लागि उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीको ढिकुरा गाविसस्थित मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको समाचारस्रोतहरुले जनाएको छ । प्राप्त समाचार अनुसार काठमाडौंवाट पोखरा हुँदै जुम्लाको लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी९ट्विनअटर जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेदेखि सम्पर्कविहीन भएको उक्त विमानका चालक र सहचालकको मोबाइल ट्यापिङका आधारमा विमानको खोजी सुरु गर्ने क्रममा नेपाली सेना र प्रहरीको   उद्दार टोलीले स्थान पहिचान गरेपछि परिचालित अर्घाखाँची  प्रहरीको टोलीले दुर्घटनाग्रस्त जहाज फेला पारेको बताईएको छ । चालक दलका तीन सदस्य सहित १५ यात्रु रहेको सम्पर्कविहीन उक्त विमानको आज बिहानैबाट अर्घाखाँचीको खिदिम क्षेत्रमा खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई उदृत गर्दै प्राप्त समाचार दुर्घटनाग्रस्त जहाजमा यात्रुका शवहरु क्षतविक्षत अवस्थामा रहेको  बताईएको छ ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31