काठमाडौँ माघ २४, छत्रपाटी निःशुल्क चिकित्सालयको ५७औंँ वार्षिकोत्सवमा मन्त्री विद्याधर मल्लिकले संस्थालाई रकम थप गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभए अनुरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले चिकित्सालय लाई चालु आवमा रु रु १० लाख सहयोग प्रदान गरेको छ । विसं २०१३ मा समुदायका युवाको सक्रियतामा खुलेको चिकित्सालयले बर्सेनि ७० हजारलाई स्वास्थ्य सेवा पु-याउँदै आएको तथा निःसहाय र गरिबलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिँदै आएको जानकारी अध्यक्ष विजयबहादुर मालीले दिनुभएको छ ।