मङ्लबार, अशोज १६, २०८०

गृह मन्त्रालय पाउने भएपछि गौतमको नेतृत्वमा सरकारमा जान एमाले भयो राजी

 काठमाडौ फागुन ११, नेकपा (एमाले) हिजोबाट सुरु भएको २६ औं केन्द्रीय समितिको बैठकले मन्त्रालय बाँडफाँटमा  काँग्रेससँग भएको सहमति  कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको छ ।  आजको बैठकले काँग्रेससँग भएको सात बुँदे सहमति अनुमोदन गर्दै उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । 

एमाले  केन्द्रीय  समितिको बैठक चल्दैगर्दा  मन्त्रीपरिषद विस्तारका लागि प्रधानमन्त्री कोइरालाका  तर्फबाटप्राप्त  सकारात्मकअभिव्यक्ति प्राप्त भए पछि   एमाले पूर्ववत् निर्णय परिवर्तन गर्दै सरकारमा जान तयार भएको हो ।  त्यस्तै   एमालेले मन्त्रालयको जिम्मेवारी वितरणबारे काँग्रेससँग वार्ता गर्न उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा टोली गठन गरेको जनाउँदै एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले काँग्रेससँगको लिखित र मौखिक सहमति पालना भएमा पार्टी सरकारमा जाने अन्यथा नजाने भन्ने पूर्ववत् अडानलाई बैठकले दोहो-याएको बताउनुभएको छ । साथै उहाँले आजको बैठकमा नवौं महाधिवेशनको कार्यसूचीबारे छलफल भएको बताउँदै थप छलफल सोमबार बस्ने केन्द्रीय कमिटीको बैठकमा हुने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31