काठमाडौं माघ २७, नेकपा एमालेले काग्रेस सभापति शुशिल कोईरालाको नेतृत्वमा बन्ने सरकारमा १३ मन्त्रालय पाउँनु पर्ने माग दावी गरेको बुझिएको छ । त्यस्तै एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने बताउँदै संसदीय दलका नेता केपी ओलीले पार्टीभित्र तीनै पक्ष खनाल, आफू र नेपालका नेताहरूलाई सन्तुलित रूपमा मन्त्री बनाउने मनस्थिति बनाएको उनी निकट स्रोतले बताएका छन ।