मङ्लबार, अशोज १६, २०८०

एसएसपी खरेललाई भेट्न पुगेका बलराम सापकोटा ‘बले’ प्रहरी खोरमा

 काठमाडौं माघ २६, एसएसपी रमेश खरेलको कार्यकक्षमा बिहीबार साँझ एक युवक दाई नमस्तेु भन्दै प्रवेश गरे । सर्वसाधारणलाई सहज भेट दिने खरेल ती व्यक्तिसँग भने आक्रोशित भए । आदेश दिए, यो किन आयो यहाँ, लगेर थुन । एसएसपी खरेलसँग भेटेर सम्बन्ध बनाएर नजिक हुन हनुमानढोका परिसर पुगेका एसएसपी रमेश खरेलबलराम सापकोटा ‘बले’ प्रहरी खोरमा परेका हुन् । क्यासिनो किङका नामले चिनिने उनी प्रहरी अधिकारीहरुलाई समेत आर्थिक प्रभावमा पारी क्यासिनोमा करोडौ रुपैयाँ कमाउन सफल व्यक्ति हुन् ।

रातारात करोडपति बनेका उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल पैहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी० ले समेत छानबिन गरिरहेको छ । राजधानीमा गुन्डागर्दीमा सक्रियविरुद्ध खरेल आक्रामक रुपमा प्रस्तुत भएपछि सापकोटा खरेलसँग निकट बन्न बेलुका करिब सात बजेदेखि भेट्न पुगेका थिए । गुन्डा, दलाल र फटाहाहरुसँग संगत नै नगुर्न बिहीबारै मातहतका प्रहरीलाई निर्देशन दिएका खरेलले क्यासिनोमा बदनाम व्यक्ति आफूलाई भेट्न आएपछि पक्राउ गरेको हुनमानढोका प्रहरी स्रोत   उदृत गर्दै   आजको नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ ।   

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31