काठमाडौँ फागुन १६, नेकपा (एमाले) को आजको केन्द्रीय कमिटीको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थागत छलफल नगरि अस्पतालमा स्थायी कमिटीको बैठक गदै मन्त्री चयन गरिएकोमा असन्तोष व्यक्त गर्दै मन्त्रीको चयनमा सन्तुलन मिल्न नसकेको, गैह्रसभासद्लाई पठाइएको र संस्थागत निर्णय नभएको धारणा राख्नुभएको बुझिएको छ । त्यस्तै आजको बैठकमा बैठकको नियमित कार्यसूचीमा रहेको नवौंँ महाधिवेशन आगामी जेठको पहिलो सातामा आयोजना गर्ने विषयमा आज विभिन्न सदस्यले आफ्ना धारणा राखेका छन् । कतिपय सदस्यले भने महाधिवेशनका लागि वैचारिक बहससहित जान समय अपुग हुन भएकाले भदौमा आयोजना गर्न पनि प्रस्ताव गरेका थिए । बैठक भोलि पनि बस्नेछ ।