बिहिबार, मंसिर १४, २०८०
Dashain

एमालेको केन्द्रीय समितिको बैठकमा सहमति कार्यान्वयन नभएसम्म सरकारमा नजान नेतृत्वलाई आग्रह, बैठक आज पनि बस्दै

 काठमाडौं फागुन ११, नेकपा एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय मदननगर बल्खुमा अहिले ११ बजेबाट सुरु हुँने   बैठकमा  अध्यक्ष झलनाथ खनालले  पेस गर्नुभएको प्रतिवेदन माथि छलफल हुने बुझिएको छ ।  त्यस्तै सरकारको सहभागिताका विषयमा काँग्रेससँग गरेको सात बुँदे सहमति र महाधिवेसनमा केन्द्रित रहेर हिजोबाट सुरु भएको भएको २६ औँ केन्द्रीय समितिको हिजोको बैठकमा बोल्ने प्रायः सबै केन्द्रीय सदस्यले काँग्रेसले सहमति कार्यान्वयनमा आनाकानी गरी त्यसबाट पछि हटेको भन्दै सहमति कार्यान्वयन नभएसम्म सरकारमा नजान नेतृत्वलाई आग्रह गरेको सम्वद्ध स्रोतले जनाएको छ । साथै ति सदस्यहरुले सरकारबाहिरै रहेर संविधान निर्माण र स्थानीय निकायको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा जोड दिएको बताइएको छ। आजको बैठकमा बोल्न बाँकस् केन्द्रीय सदस्यहरुले बोल्नुको अलावा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र काँग्रेससंग भएको सात बुँदे सहमतिको साथै पार्टीको आसन्न् नवौं महाधिवेशनका एजेन्डामा छलफल हुने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31