बिहिबार, अशोज ४, २०८०

एक वर्षभित्र संविधान निर्माण हुने प्रधानमन्त्री कोइरालाको विश्वास

  काठमाडौँ फागुन ७, प्रधानमन्त्री सुशील कोइरालाले एकतन्त्रीय राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिन २००७ फागुन ७ को सम्झनामा मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना susil kगर्नुभएको छ ।

उहाँले सन्देसमा लोकतान्त्रिक शासन पद्धतिका माध्यमबाट नेपालको आर्थिक सामाजिक रूपान्तरण गर्ने उद्देश्यले सम्पन्न भएका सबै आन्दोलनमा सहभागी हुँदा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  मुलुकमा राजनीतिक, संवैधानिक स्थिरता कायम गर्दै आर्थिक सामाजिक विकासलाई गति दिएर नेपाललाई सुन्दर, शान्त, समृद्ध र समुन्नत राष्ट्रका रूपमा विकसित गर्ने जिम्मवारी अहिले हाम्रो काँधमा आएको उल्लेख गर्नु भएको छ । त्यस्तै उहाँले एक वर्षभित्रै संविधान निर्माण गरी जारी गर्न सकेमा हामी यो अग्निपरीक्षामा खरो उत्रने छौँ, अतः संविधान निर्माणको यो महायज्ञमा संविधानसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल, संविधानसभा बाहिर रहेका राजनीतिक शक्ति, नागरिक समाज र सम्पूर्ण नेपाली जनताको सहयोग र समर्थन रहने विश्वास लिएको छु ।

प्रधानमन्त्री कोइरालाले २००७ सालको जनक्रान्तिले बीजारोपण गरेको संविधानसभाबाट संविधान निर्माण गर्ने लक्ष्यलाई यस संविधानसभाले पूरा गर्ने विश्वास भएको उल्लेख गर्दै जनताको अधिकार र स्वतन्त्रता प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने सहिदको सपना पूरा गर्न र सम्पूर्ण जनताको आकाङ्क्षा पूरा गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।