शनिबार, जेष्ठ १२, २०८१

उच्च माध्यमिक शिक्षाका सम्बन्धन महाशाखा प्रमुख देवीप्रसाद घूस लिंदालिंदै पक्राउ

 काठमाडौं माघ १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुरका सम्बन्धन महाशाखा प्रमुख सहसचिव HSEBदेवीप्रसाद बाराकोटी घूस लिंदालिंदै पक्राउ गरेको छ ।
धनुषा जिल्ला अन्तर्गत ढिल्लाबसेलास्थित सरस्वती माध्यमिक विद्यालयको स्तरवृद्धि गरी ११ र १२ कक्षा सञ्चालनका लागि सम्बन्धन दिनेक्रममा ४० हजार रुपैयाँ लिंदालिंदै बाराकोटी पक्राउ परेका बाराकोटीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन ।