शनिबार, अशोज ६, २०८०

आमाघरबाट ३४ बालबालिकाको उद्धार

(आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठ)

 काठमाडौँ फागुन १५,  काठमाडौँको रविभवनस्थित दिलशोभा श्रेष्ठबाट सञ्चालन गरिएको  आमाघर  आमा घरबाट ३४ बालबालिकालाई उद्धार गरिएको छ । मापदण्ड विपरीत बालबालिका राखेर घरेलु कामदारका रुपमा दुव्र्यवहार गरेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी परिसर हनुमान ढोका तथा केन्द्रीय बालकल्याण समितिका अधिकारीसहितको टोलीले बुधवार  एक आमासहित ३४ बालबालिकाको उद्धार गरेको हो ।

काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले सरकारले तोकेको बाल बच्चा हेरचाह आवास गृहको न्यूनतम मापदण्ड अनुरुप नभएको बताउँदै बिना इजाजत बालबालिका राखेको उजुरीको आधारमा अनुगमन पछि बालबालिकालाई उद्धार गरिएको बताउँनु भएको छ । त्यस्तै उहाँले उद्धार गरिएका बालबालिकाको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई गोदावरीस्थित सानो पाइला बालगृहमा राखिएको बताउनुभयो । यसैबीच आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठले आज पत्रकार सम्मेलन गरी आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31