सोमवार, मंसिर १९, २०७९

आज श्रीपञ्चमी, विद्याकी देवी महामन्जुश्रीको मन्दिरमा पूजाआजा गर्न भक्तहरुको घुइँचो

 काठमाडौ माघ २१ ,आज श्रीपञ्चमी पर्व आज मुलुकभर महामन्जुश्रीको पूजाआराधना गरी मनाइरहेका छन् । साथै आज देखि सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पञ्चमी भन्ने गरिन्छ । श्रीपञ्चमी पर्वका अवसरमा ससाना बालबालिकालाई अक्षरारम्भ गर्ने दिनका रुपमा ग्रहण गर्दै विद्याकी देवी महामन्जुश्रीको श्रद्धाभक्तिपूर्वक पूजा गर्ने प्रचलन छ ।

god sarsotiत्यस्तै आजको दिन श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, बाह्राः र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ । हिन्दू शास्त्रअनुसार ऋग्वेदमा वागदेवीका नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजा गर्ने चलन रहेको छ । आजको दिन विशेष गरि काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित मञ्जुश्री, नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न मानिसको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । 

 सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31