आइतवार, जेष्ठ १४, २०८०

आगामी सोमवार प्रधानमन्त्री चयनको लागि निर्वाचन हुँने

 काठमाडौं माघ २१, मुलुकको नयाँ प्रधानमन्त्री छान्न आगामी २७ गते सोमबार व्यवस्थापिका संसदमा निर्वाचन हुने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीका लागि चुनाव गर्ने मिति तय गरेको हो । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले दलहरुबाट आएको सुझावका व्यवस्थापिकाआधारमा माघ २७ गते सोमबार बिहान ११ बजे संसदमा प्रधानमन्त्रीको चुनाव गर्ने बताए ।

 संविधानसभाका जेष्ठ सदस्य तथा सभामुख सूर्यबहादुर थापाले परामर्श समितिको सुझावका आधारमा प्रधानमन्त्री चुन्न भोली बुधवारको संसद बैठकमा औपचारिकरुपमा मिति तोक्ने छन् । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिएको छ । दलहरुले नयाँ सरकारको नेतृत्वमा सहमति जुटाउन नसकेपछि, सभामुखले बहुमतबाट प्रधानमन्त्री छान्ने प्रक्रियाका लागि समय र मिति तोक्नुपर्ने हुन्छ । राष्ट्रपति रामवरण यादवले बहुमतीय आधारमा प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदलाई सोमबार पत्र पठाएका थिए ।  अन्तरिम संविधानको धारा ३८ को उपधारा २ अनुसार संसदलाई बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न पत्र पठाइएपछि संसद सचिवालयले प्रक्रिया सुरु गरेको हो । यसअघि राष्ट्रपति रामवरण यादवले माघ १२ गते सहमतीय सरकार बनाउनका लागि दलहरुलाई एक साताको समय दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31