शुक्रबार, मंसिर १५, २०८०
Dashain

अव कम्प्युरटरबाटै रगतको माग गर्न सकिने

 चितवन माघ २५, नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रका गतिविधिहरु अब इन्टरनेटको माध्यमबाट पनि अध्ययन गर्न सकिने भएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवनलाई केन्द्रबिन्दु मानेर हरेक गतिविधि सफ्टवेयरमार्फत कम्प्युटरमा राखिने भएकाले यस्तो सुविधा उपलब्ध भएको केन्द्र प्रमुख रमेश  images (15)पौडेलले जानकारी दिनुभयो । यो प्रविधिमार्फत हरेक अस्पतालले कम्प्युटरमार्फत नै रगतको माग गर्न सक्नेगरी उक्त सफ्टवेयर निर्माण गर्न थालिएको हो । कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा यस्तो सफ्टवेर निर्माणको काम थालिएको हो । रक्त सञ्चारका गतिविधि कम्प्युटरमा राख्दा हरेक जानकारी सर्वसाधारणले पनि लिन सक्ने भएकाले मानिसको अकालमै ज्यान जानबाट समेत जोगिने भएकाले आफूहरुले सहयोग गरेको कोइकाले जनाएको छ ।

सफ्टवेर निर्माणका लागि कोइका, क्षेत्रीय रक्तसञ्चार केन्द्र, चितवन र निर्माण कम्पनी बिआइए नेपालबीच सम्झौतापत्रमा समेत हस्ताक्षर भएको पौडेलले बताउनुभयो । बिआइएमएस नामको सफ्टवेयरमार्फत नेपालको कुन क्षेत्रमा रगतको अभाव छ, कुन क्षेत्रमा रगत बढी सङ्कलन भएको छ, अस्पतालमा रगतको माग कति छ, कसले कति रक्तदान गरेलगायत हरेक जानकारी दिन सकिने सफ्टवेयर निर्माणकर्ता सन्तोष कर्णले बताउनुभयो । अस्पतालमा रगतको अभाव भएमा कम्प्युटरमार्फत नै सम्बन्धित रक्तसञ्चार केन्द्रमा माग गर्न सकिने भएकाले प्रभावकारी हुने नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

मोबाइल एप्लिकेसनबाट समेत गतिविधि हेरेर रगतसम्बन्धी हरेक जानकारी लिन सकिने कर्णले बताउनुभयो । हाल चितवनलगायत नेपालका विभिन्न छवटा रक्तसञ्चार केन्द्रलाई सफ्टवेरमा जोडिने र भावी दिनमा नेपालका ८६ वटै केन्द्रलाई यसमा जोड्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।  चितवनलाई केन्द्रबिन्दु बनाएर तयार हुन लागेको सफ्टवेयर पूर्ण सञ्चालन हुने भने केही महिना लाग्नेछ । केन्द्रीय रक्तसञ्चार केन्द्रकी निर्देशक मनिथाराज कर्णिकारले यो सफ्टवेयर निर्माणपछि रेडक्रस र रक्तसञ्चारसम्बन्धी गतिविधि आमजनताको पहुँचमा पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म २५ हजार रक्तदाता र सहयोग गर्ने ३०० भन्दा बढी सङ्घसंस्था रहेका छन् ।rs

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31