मङ्लबार, बैशाख ११, २०८१

१९ किलो चरेश र गाँजा बरामद

वीरगन्ज माघ १३, पर्साको वडा नं ९ स्थित एक गाविसमा नजिकबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध चरेश १९ किलो र गाँजा दुई किलो बरामद गरेको छ । charesaआज बिहान करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बोर्डर आउट रिच पोस्ट भीखमपुरबाट गएको गस्ती टोलीले चरेश र गाँजा बरामद गरेको हो । शङ्कर सरैया गाउँबाट मिर्जापुरतर्फ लैजाँदै गरेको अवस्थामा चरेश र गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको टोलीलाई देख्नेबित्तिकै तस्करहरु चरेश र गाँजा फालेर भागेकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी उदृत गर्दै प्राप्त समाचारमा जनाएको छ ।