शुक्रबार, चैत्र १६, २०८०

सहिद स्मारक क श्रेणीको लिगमा थ्रिस्टार र मच्छिन्द्र विजयी

काठमाडौँ माघ ६, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्रिस्टार क्लबले रानीपोखरी कर्नर टिमलाई ३–० ball  (1)गोलअन्तरले पराजित गरेको छ ।  आजको जितसँगै थ्रिस्टारले कुल १३ अङ्क जोडेको छ । त्यस्तैगरि दोस्रो खेलमा मच्छिन्द्र क्लबले हिमालयन शेर्पा क्लबलाई ४–१ ले हराएको छ । खेलमा मच्छिन्द्रलाई विजयी गराउन कर्ण लिम्बुले दुई गोल गरे भने राजिन धिमाल र विशाल राईले एक–एक गोल गरेका थिए ।

लिगमा ६ खेलबाट १३ अंक जोडेको मनाङ–मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको थ्रीस्टार समान १३ अंकका साथ दोस्रो स्थानमा रक्लिएको छ भने १३ अंक नै जोडेको एपीएफ टिम तेस्रो स्थानमा रहेको छ ।