शुक्रबार, चैत्र १६, २०८०

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आजको खेलमा नेपाल प्रहरी विजयी

 आरसिटी र सरस्वती क्लबबीच १–१ गोलको बराबरी

काठमाडौँ पौष १७, राजधानीको दशरथ रङ्गशालमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ball  (1)प्रहरीले हिमालयन क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ ।  खेलको दोस्रो हापको सुरुवात संगै अर्थाथ खेलको ५९ औँ मिनेटमा नेपाल प्रहरीको तर्फबाट भएको १ गोलनै प्रतियोगिताको निर्णयक गोल बनाउँदै नेपाल प्रहरीले ३ अङ्कको खाता खोलेको छ ।

 यसैगरी आजको दोस्रो खेल अन्र्तगत आरसिटी र सरस्वती क्लबबीच भएको खेलमा भने १–१ गोल बराबरीमा खेल्दै दुवै टिमले १ १ अ्रक बाँडेका छन । खेलको सुरवातीमा सरस्वती विरुद्ध १ गोल गर्दै अग्रता लिएको आरसिटीले खेल सकिनु भन्दा २० मिनेट पूर्व सरस्वतीकालागि विदेशी खेलाडी हेरली ले गरेको गोल संगसंगै १–१ गोलको बराबरीमा खेल टुङगिएको थियो ।  भोलिको पहिलो खेलमा थ्री स्टार क्लबले ब्वाइज युनियनसंग खेल्ने छ भने दोस्रो खेल मनाङस्याङ्���ी र एपिएफ क्लबबीच हुनेछ ।