शनिबार, बैशाख ८, २०८१

सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा पुग्यो प्रहरी

काठमाडौँ माघ ७ , राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताका अन्तगत आज भएको खेलमा नेपाल प्रहरी क्लबले सरस्वती लाइ  १–० गोलअन्तरले पराजित गरी १४ अङ्कका साथ लिगको शीर्ष स्थानम उक्लन सफल भएको छ । 

 आजको जको खेलमा प्रहरीको जितमा जुमानु राईले ३९ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल गरेका थिए । त्यस्तै गरि आजै भएको अर्को खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग एक–एक गोलको बराबरी खेलेको छ ।  लिग अन्तर्गत भोलिका खेलहरुमा एपीएफ टिम र त्रिभुवन आर्मी क्लब तथा जावलाखेल युथ क्लब र मनाङ–मस्र्याग्दी क्लब भिड्ने छन्