बिहिबार, चैत्र १५, २०८०

सवारी चालक अनुपतिपत्रको नयाँ परीक्षा प्रणाली देशभर विस्तार हुँदै

 काठमाडौँ पौष २८, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नयाँ व्यावहारिक परीक्षा (ट्रायल) लाई देशव्यापीरूपमा विस्तार गर्ने भएको छ । हाल Nepali-Drivers-Licence-Translation-to-Englishबागमतीको काठमाडौँ र बाहिरका केही जिल्लामा मात्र सञ्चालन गरिरहेको नयाँ परीक्षा प्रणालीलाई क्रमशः देशका कर्णालीबाहेक सबै अञ्चलमा विस्तार गर्न लागेको विभागले जनाएको छ । विभाग सम्वद्धस्रोतका अनुसार अहिले उपत्यका बाहिर लुम्बिनीको बुटवल र भेरीको कोहलपुरमा नयाँ ट्रायल परीक्षा सञ्चालन भइरहेको छ, भने सेती र राप्ती अञ्चल लगातका जिल्लामा पनि एकआध हप्ता भित्र सञ्चालन हुने जनाएको छ ।