बिहिबार, बैशाख १३, २०८१

सरकारी वार्ताटोलीले तयार गरेको सहमतिपत्रको खाकामा सहमति जनाउँदै डा केसीले तोडे अनशन

  काठमाडौँ  माघ १०,    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा देखिएका विकृति सच्याउनुपर्ने मागसहित गत पौष २७ गतेदेखि अनशनमा बस्नुभएका सोही अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा डा गोविन्द केसीले आफ्ना मागको सुनुवाइ हुने प्रतिबद्धता सरकारका तर्फबाट प्राप्त भएको भन्दै आज अनशन gd kcअन्त्य गर्नुभएको छ ।

सरकारले शिक्षण अस्पतालमा देखिएका समस्या छलफल र वार्ताबाट समाधान गर्नेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गृह, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू रहेको वार्ता टोली बिहीबार गठन गरेको थियो । सो वार्ता टोलीले सहमतिमा तयार गरेको खाकामा डा केसीले सहमति जनाउँदै  उपचारको लागि शिक्षण अस्पताल पुगेकी भक्तपुरकी ७ बर्षीया बालिका एलिसा थापाबाट जुस पिउँदै केसीले अनसन अन्त्य गर्नु भएको हो।  भएको बताइएको छ । डा केसीका प्रमुख मागमा त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा शशी शर्माले राजीनामा दिनुपर्ने रहेको थियो । त्रिविवि कार्यकारी परिषद्ले डिन डा शर्मालाई पदमुक्त गरिसकेको छ । प्राडा केसीको अनशन अन्त्यसँगै नेपाल चिकित्सक सङ्घले गर्दै आएको आन्दोलनका कार्यक्रम पनि फिर्ता हुने बताइएको छ । सङ्घको आह्वानमा शिक्षण अस्पताल समेत देशका विभिन्न अस्पतालको सेवा प्रभावित भएको थियो ।