मङ्लबार, बैशाख ११, २०८१

सम्पादक प्रधानमाथि आक्रमण गर्ने अभियुक्तहरु सार्वजनिक गर्दै प्रहरीले भने आक्रमण नियोजित होईन

 काठमाडौं पौष २५, नागरिक दैनिकका सम्पादक प्रतीक प्रधानमाथि गर्ने जथ्थालाई पक्राउ गरि महानगरीय प्रहरी परिसर हनुमानढोकाले आज सार्वजनिक गरेको छ । त्यस्तै पक्राउ गरिएका अभियुक्त सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरीले सम्पादक प्रधानमाथिको आक्रमण नियोजित नभएको पक्राउ परेका जथ्थाहरुको pratikप्रारम्भिक वयानबाट प्रष्ट भएको बताएका छन । त्यस्तै पत्रकार सम्मेलनमा घटना सम्बन्धमा दिएको जानकारी अनुसार स्थानीय युवाहरुबीच झगडा हुँदा एकार्कालाई लखेट्ने क्रममा प्रधानको गाडीमाथि प्रहार हुन पुगेको पक्राउ परेकाहरुले बताएको प्रहरीले जनाएको छ । 

गत पौष २३ गते राजधानीको भीमसेनगोलामा सम्पादक प्रधान चढेको गाडीमा युवाहरुको एक समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो । घटनामा संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान गरेको र उनीहरुले दिएको प्रारम्भिक बयानबाट आक्रमण नियोजित नभएको निष्कर्षमा पुगेको प्रहरीको दावी गर्दै पक्राउ परेका ८ जनालाई सार्वजनिक गरिएको थियो । घटनामा संलग्न चार जना भने अझै फरार रहेका जनाइएको छ ।