बिहिबार, बैशाख ६, २०८१

सम्पादक प्रधानमाथिको आक्रमणप्रति महासंघको ध्यानाकर्षण , आक्रमणकारीलाई केही दिनमै पक्राउ गरेर सार्वजनिक गरिने प्रहरीको भनाई

 मिसन मिडिया क्लव लगायतका संचारसम्बद्ध संघसस्थाद्दारा प्रधानमाथि भएको सांघातिक आक्रमणको निन्दा

 काठमाडौँ पौष २४, नेपाल पत्रकार महासंघले नागरिक दैनिकका सम्पादक प्रतीक प्रधानमाथि मंगलबार साँझ भीमसेनगोलामा प्रधानले हाँकेको बा५च ३९५९ नम्बरको कारमा तीन/pratikचारवटा मोटरसाइकलमा आएका व्यक्तिले तरबार, रड र लाठीले आक्रमण अज्ञात समूहले आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने यस्ता अराजक आक्रमणको भत्र्सना गर्दै महासंघले घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । 

यसैगरी प्रस्तुत घटनाको मिसन मिडिया क्लव लगायतका संचारसम्बद्ध संघसस्थाहरुले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी प्रधानसम्पादक प्रधानमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै उक्त घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारहरूको सुरक्षाको मामलामा संवेदनशील बन्न सरकारसँग आग्रह गरेका छन् । 

यसैविच प्रहरीले नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथि भएको आक्रमणमा संलग्नको पहिचान नजिक पुगेको जनाएको छ ।नेपाल पत्रकार महासंघसहित दैनिक पत्रिकाकाको प्रतिनिधिमण्डलसँग प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दोषिलाई केही दिनमै पक्राउ गरेर सार्वजनिक जानकारी दिनुभएको छ । घटनालगत्तै बानेश्वर प्रहरी वृत्तबाट अनुसन्धान थालिएको जानकारी दिंदै अर्यालले अपराध अनुसन्धानका एसएसपी विजयलाल कायस्थलाई अनुसन्धान जिम्मेवारी दिइएको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031