बिहिबार, बैशाख १३, २०८१

संविधानसभालाई असफल बनाउन षड्यन्त्र भइरहेको काँग्रेस सभापति कोइरालाको आशंका

 भक्तपुर पौष २६,काँग्रेस सभापति सुशील कोइरालाले संविधानसभाको दोस्रो निर्वाचनपछि पनि संविधानसभालाई असफल बनाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

susilसहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका विमोचन गर्दै सभापति कोइरालाले संविधानसभाका बैठक कसले बोलाउने भन्ने विवादले लोकतन्त्रमाथिको सङ्कट प्रदा गरेको बताउँदै संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले आब्हान गर्नुपर्नेमा नेपाली काँग्रेस, ए्माओवादी र मधेसवादी मोर्चा सहमत भएपनि नेकपा एमालेले नमानेको सभापति कोइरालाको खुलासा गर्नुभएको छ ।

त्यस्तै  सभापति कोईरालाले हरेक देशमा राष्ट्राअध्यक्षले संविधानसभा एवं संसदको पहिलो बैठक बोलाउने नजिर छ, नेपालमा पनि त्यही नै हो, तर यो विषयलाई किन विवाद बनाईयो, उनले भने, यसले लोकतन्त्रको उपलब्धी गुम्न त होइन भन्ने शंका र निराशा जनतामा बढ्दै गएको छ । त्यसैले सरकार गठनमा समेत अब विवाद र झमेला गर्न नहुने यदि विवाद गर्दै गएमा जनतामा नकारात्मक सन्देश जाने बताउँनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, डा प्रकाशरण महत, रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधर, ओमकार श्रेष्ठ, प्रतिष्ठानकी अध्यक्ष एवम् सहिद जोन्छेंको श्रीमती रजनी जोन्छेंलगायतले प्रजातन्त्र प्राप्तिका लागि जोन्छेंले पु-याएको योगदानको चर्चा गर्नुभयो ।