बिहिबार, बैशाख १३, २०८१

संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना छैन :वैद्य

 काठमाडौँ पौष १७, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अखिल क्रान्तिकारीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै विदेशी दबाबमा झुकेर download (1)संविधानसभामा नजान आग्रह गरेका छन । अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना छैन यो त केवल पदका लागि लुछाचुँडी गर्ने ठलो सावित भईसकेको अवस्थामा एमाओवादी संविधानसभाबाट बाहिरिनुमानै कल्याण छ उहाँले भन्नुभयो ।

त्यस्तै संविधानसभा यथास्थितिवादीशक्तिको हातमा वैद्यले गएको भन्दै किसान, मजदुर र उत्पीडित जाति, र जनताले आन्दोलनको तयारी गर्नुको विकल्प नरहेको अध्यक्ष वैद्यले जिकिर गर्दै राजनीतिक र शैक्षिक समस्या समाधानका लागि आन्दोलनको दिशामा अगाडि बढ्न विद्यार्थीलाई निर्देशन दिनुभएको छ ।