बिहिबार, बैशाख १३, २०८१

संविधानमा आलङ्कारिक भएपनि राजालाई ठाउँ दिनुपर्छ : थापा

 बनेपा पौष २६ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सभासद् सम्मानकार्यक्रममा बोल्दै नयाँ बन्ने संविधानमा सनातन हिन्दू धर्म, संवैधानिक राजतन्त्रसहितको  प्रजातन्त्र र सुदृढ स्वायत्त शासन प्रणालीको मूलभूत मान्यतामा आफूहरुले कसैसँग सम्झौता नगर्ने बताउँदै आलङ्कारिक भएपनि राजालाई नयाँ संविधानमा ठाउँ दिइनुपर्ने बताउनुभएको छ । पार्टीले संसदमा आवश्यकता अनुसार लचकता र सम्झौताको नीति अख्तियार गर्ने बताउँदै  संविधानसभा बाहिर रहेका राजनीतिक दललाई समेट्ने गरी नयाँ संविधान निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।