बिहिबार, बैशाख ६, २०८१

संबिधान सभाको दोस्रो निर्वाचनमा विजयी सभासद्को अन्तिम सूची राष्ट्रपतिलाई बुझाइयो

काठमाडौ पौष १९, निर्वाचन आयोगले मंसिर ४ गते भएको संबिधान सभाको दोस्रो निर्वाचनमा विजयी सभासद्को अन्तिम सूची विहीवार प्रमुख निर्वाचन आयुक्त rastapati officeनिलकण्ड उप्रेतीसहित आयुक्तको टोली शितलनिवास पुगेर राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगले प्रत्यक्षतर्फ निर्वाचित २०४ र समानुपातिक तर्फबाट ३३५ गरि कुल ५७५ जना सभासदको सूची राष्ट्रपति कार्यालयमा बुझाएको प्रवक्ता वीरबहादुर राईले बताउँनुभएको छ ।  संबिधानसभाको पहिलो वैठक राष्ट्रपतिले बुझाउने कि अन्तरिम मन्त्रिपरिषद् अध्यक्षले बोलाउने भन्ने अन्यौलता विद्यमान रहेको अवस्थामा आयोगले विजयी सभासद्को अन्तिम सूची राष्ट्रपतिलाई बुझाए लगत्तै अन्तरिम संबिधानमा भएको व्यवथा अनुरुप अन्तिम सूची बुझाएको २१ दिन भित्र संबिधानसभाको पहिलो वैठक बोलाउनुपर्ने हुन्छ ।  ६०१ सदस्यीय संबिधान सभामा सरकारको तर्फबाट २६ जना मनोनित सदस्य रहनेछन् ।

यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ १० तथा समानुपातिकतर्फ १६२ गरी जम्मा १७२ जना महिला र ४०३ जना पुरुष गरी ५७५ सदस्य निर्वाचित भएका छन् ।  निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन दुई तीन पटक समय थप गरे सोमबारसम्मको अवधी दिए पनि उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरमले विबीवार मात्रै समानुपातिक सभासद्को सुची बुझाएको थियो ।