बुधबार, बैशाख १२, २०८१

शीतलहरका कारण तीन दिनदेखि विमानसेवा अवरुद्ध

 भद्रपुर माघ १३, पूर्वी तराईमा चार दिनदेखि व्यापकरूपमा जाडो बढेपछि जनजीवन प्रभावित हुनुका साथै बाक्लो हुस्सुका कारण विमान सेवासमेत अबरुद्ध cold-teraiभएको छ । जाडो अत्याधिक बढेपछि यसको प्रभाव सदरमुकाममा पनि परेको देखिन्छ । दैनिक कामकाजका लागि भद्रपुरस्थित सदरमुकाम आवतजावत गर्ने सेवाग्राहीहरू न्यूनरूपमा मात्रै आउने गरेकाले अधिकांश कार्यालय सुनसान भएका छन् । 

 बाक्लो कुहिरोका कारण काठमाडौँबाट भद्रपुरमा हुने उडान सेवा पनि लगातार तीन दिनदेखि अबरुद्ध भएको छ । नागरिक उड्डयन कार्यालय भद्रपुरको अनुसार आज पनि मौसममा सुधार नभएकाले उडान सेवा रद्द हुने सम्भावना छ । विमान सेवा सञ्चालन नभएपछि विमानका यात्रुहरू मारमा परेका छन् । ती यात्रुमध्ये कतिपय यात्रुहरू बसबाट नै राजधानीतर्फ जान बाध्य भएका छन् । दैनिकरूपमा काठमाडौँबाट भद्रपुरका लागि बुद्ध एयर र यति एयरको दुई–दुईवटा उडान सेवा रहेको छ । rs