शुक्रबार, बैशाख ७, २०८१

व्यस्थापिका–संसद्को बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ अनुमोदनार्थ प्रस्तुत

 काठमाडौँ माघ १४, व्यस्थापिका–संसद्को आजको बैठकमा सरकारले विभिन्न छवटा अध्यादेश पेस गरेको छ । बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज व्यवस्थापिकारेग्मीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ पेस गर्नुभएको थियो ।

त्यसैगरी मन्त्री न्यौपानेले पारस्परिक कानुनी सहायता अध्यादेश २०६९, बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ पेस गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) अध्यादेश २०६९, सामान्य प्रशासन मन्त्री माधवप्रसाद पौडेलले निजामती सेवा (तेस्रो संशोधन) अध्यादेश २०६९ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले रेल्वेसम्बन्धी अध्यादेश, २०६९ पेस गर्नुभयो । 

 निर्धारित समयमा सुरु भएको आजको बैठक करिब १० मिनेट चलेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक बुधबार ११ बजे बस्ने व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031