शुक्रबार, बैशाख ७, २०८१

व्यवस्थापिका संसद्को बैठकमा पाँच अध्यादेश अनुमोदनको लागि प्रस्तुत

adhyadesh
संविधानसभा सदस्य निर्वाचन (दोस्रो संशोधन) अध्यादेश २०७०
(फाइल फोटो)

 काठमाडौँ माघ  १३   व्यवस्थापिका–संसद्को बिहान ११ बजेका लागि बोलाइएको आजको बैठक करिब आधा घण्टा ढिलो प्रारम्भ भई १० मिनेटका लागि बसेको  बैठकमा सरकारको तर्फबाट गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनसम्बन्धी विभिन्न चार अध्यादेशहरु क्रमस निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७०, संविधानसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०७० र संविधानसभा सदस्य निर्वाचन (दोस्रो संशोधन) अध्यादेश २०७० पेस पेस गर्नुभएको छ ।  

त्यस्तै गरि  अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सम्पत्ति शुद्धीकरण निवारण (दोस्रो संशोधन) अध्यादेश २०७० पेस गर्नुभएको थियो ।  अध्यादेश जारी भएको छ महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप  अन्तरिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका प्रस्तुत अध्यादेश संसद्बाट अनुमोदनको लागि प्रस्तुत गरिएको हो । संसद्को अर्काे बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031