शुक्रबार, चैत्र १६, २०८०

व्यवस्थापिका संसद्को अधिवेशन सुरु,निर्वाचन पछि देशवासीमा नयाँ आशाको सञ्चार भएको छ : मन्त्रिपरिषद् अध्यक्ष रेग्मी

 काठमाडौं माघ १२ , राष्ट्रपति डा रामवरण यादवबाट आह्वान भएको व्यवस्थापिका–संसद्को अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनको सभारम्भमा khilarajनेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ बमोजिम राष्ट्रपति डा रामवरण यादवबाट आह्वान भएबमोजिम उक्त अधिवेशन प्रारम्भ भएको हो । संसद्का ज्येष्ठ bicc 1 (1)सदस्य सूर्यबहादुर थापाले अधिवेशनको प्रारम्भ गर्दै राष्ट्रपतिले व्यवस्थापिका–संसद्लाई पठाउनु भएको पत्र पढेर सुनाउनुभएको थियो ।

त्यस्तै बैठकलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अहिलेसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने नेपाली जनताको चाहनालाई साकार पार्नु नै अहिलेको प्रमुख राष्ट्रिय दायित्व भएको भन्दै गत माघ ८ गते सम्मानित संविधानसभाको पहिलो बैठक बसी संविधान निर्माणको प्रक्रिया प्रारम्भ भएको घटनाले अहिले देशवासीमा नयाँ आशाको सञ्चार गराएको बताउँनु भएको छ ।

 संसदमा प्रतिनिधित्व गरेका ३० दलका प्रमुख नेताले बैठकलाई सम्बोधन गर्ने क्रम जारी छ । बैठकको कार्यसूचीअनुसार आजै संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली, २०६५ बमोजिम बैठक एवम् कार्यसञ्चालन प्रस्ताव प्रस्तुत हुने बताइएको छ ।