कठमाडौं पौष २१, जिल्ला प्रहरी कार्यालय मोरङले अवैध हतियार खरिद बिक्री एवं ओसारपसारमा संलग्न तीनजना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । बाबा सिनेमा हल नजिकबाट हतियार खरिद बिक्री गर्दागर्दैको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसरी पर्नेमा भारत विहारको अररिया जिल्लाको सीमावर्ती वजार जोगवनी –१२ का ३३ वर्षीय दलवल तिवारी, २१ वर्षीय राजीवकुमार झा र वर्ष ४२ को अभिजित चौधरी रहेको प्रहरीले जनाएको छ ।