शनिबार, बैशाख ८, २०८१

वर्तमान सरकार जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण आतुर :मन्त्री पौडेल

 काठमाडौँ पौष १८, नेपाल पत्रकार महासंघद्वारा राजधानीमा बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले वर्तमान fng logo 1सरकार सत्ता हस्तान्तरणका लागि आतुर रहेको बताउनुभएको छ । त्यस्तै मन्त्रीपौडेलले मुलुकको विषम परिस्थितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित गठन भएको सरकारले प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेको बताउँदै अवको जिम्मेवारी भनेको जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो भन्नु भएको छ । साथै उहाँले यसबीचमानै सरकाले द्वन्द्वपीडित पत्रकारका लागि सहयोग कोष, पत्रकारहरूका लागि रु पाँच लाखसम्मको दुर्घटना बीमालगायतका पत्रकारको हकहितका लागि यो सरकारले विभिन्न कार्य गरेको जिकिर गर्दै अनलाइन पत्रकारितालाई व्यवस्थित गराउने कार्यका लागि पनि सरकारले योजना अगाडि बढाइसकेको बताउँनु भएको छ । 

कार्यक्रममा महासंघका अध्यक्ष शिव गाउँलेले समाजमा भएका विभिन्न घटनाको सत्यतथ्य सूचना प्रवाह गरी सञ्चारकर्मी देश र जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरि  महासंघका उपाध्यक्ष यशोदा तिमल्सिना र पत्रकार महेन्द्र विष्ट लगायतका पत्रकारहरुले बोल्नु भएको थियो ।