शनिबार, बैशाख ८, २०८१

वर्तमान सरकार गठनको लक्ष्य पूरा भईसकेको भन्दै सञ्चारमन्त्री पौडेलले भने अवको जिम्मेवारी दलहरुको

 भक्तपुर,पौष २९, नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको १६ आँै स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद madhav-poudelपौडेलले जुन उद्देश्यका लागि वर्तमान सरकार गठन गरिएको थियो त्यो पूरा भइसकेकाले अव वर्तमान सरकारलाई अब लम्ब्याएर लान नहुने प्रष्ट दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।

संविधानसभाको निर्वाचन सम्पन्न भए लगत्तै देशमा विद्यमान अन्यौलताको वादल फाटेको बताउँदै उहाँले दलहरू अब जिम्मेवार भएर संविधान निर्माणमा जुटेमा मात्र संविधान बन्छ र सबै समस्याले निकास पाउँने बताउँनु भएको थियो । कार्यक्रममा मन्त्री पौडेलले भक्तपुरमा सबैभन्दा सुरुमा क्यामरा बोकेर समाचार सङ्कलन गर्ने पत्रकार केदार बनेपालीलाई नगद रु दुई हजार पुरस्कारसहित सम्मान गर्नुभयो ।
कार्यक्रममा प्राडा सुवाल, सभासदद्वय ढुङ्गेल, श्रेष्ठ, पत्रकार महासङ्घका सचिव जगत नेपाल, केन्द्रीय सदस्य दिलीप थापामगर, जिल्ला सभापति नारायणसुन्दर किलम्बुले पत्रकारिताको महत्वमाथि चर्चा गर्नुभएको थियो ।