शुक्रबार, चैत्र १६, २०८०

रेग्मी सरकारलाई पाएको लोकप्रियता नगुमाउँन काँग्रेस महामन्त्री सिंहको सुझाव

संविधानसभाको बैठक आव्हान प्रकरण :
 pmshinghकाठमाडौँ पौष २० ,राजधानीमा आज बुद्धनगर युथ कमिटीद्दारा आयोजित बधाई र भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय प्रचलनअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउनु नै उचित हुने बताउँदै आज बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले सुझाव दिएपछि राष्ट्रपतिले संविधानसभा बैठक बोलाउने बताउनुभयो ।

त्यस्तै काँग्रेसको नेतृत्वमा सहमतिको सरकार गठनका लागि प्रयास भइरहेको जानकारी दिँदै सबै दललाई समेटेर एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नभएको भन्दै महामन्त्री सिहंले रेग्मी सरकार प्रति लक्षित गर्दै निर्वाचन सम्पन्न गराउँने जस्तो ठूलो जिम्मेवारी पूरा गरिसके सरकारले अन्तिममा आएर विवाद झिक्नु राम्रो नहुँने र यसले गर्दा पाएको लोकप्रियता पनि गुम्ने संभावना रहेको जिकिर सहित अघिल्लो पटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्र प्रमुखसमेत भएकाले उहाँले नै बोलाउनुभएको हो, तर अहिले राष्ट्रपति भएकाले उहाँले नै बोलाउनुपर्छ, यसमा विवाद गरिरहनु तर्कसंगत नहुँने बताउँनु भएको छ ।