मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रपति हटाउन दायर रिट सर्वोच्चद्दारा खारेज

 काठमाडौँ माघ ९, वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिलाई पदमुक्त घोषित गरी नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति नियुक्त गर्न माग गर्दै दायर रिट निवेदन आज adalatसर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले संविधानमा उल्लेख भएका र रिट निवेदकले दाबी गरेका राजनीतिक प्रश्नमा व्यवस्थापिका–संसद् हुँदा हुँदै अदालतले निर्णय गर्न नपर्ने भन्दै निवेदन खारेज गरेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले राजीनामा दिनुपर्ने विषयमा अदालतले बाध्य गराउन न्यायसङ्गत नहुने र अर्को संविधानसभाको गठन भइसकेको र धारा ८३९१० बमोजिम व्यवस्थापिका– संसद्को समेत काम गर्ने सो संस्थाले औचित्य र आवश्यकताअनुसार धारा १४८ बमोजिम संविधान संशोधन गर्न सक्ने भएकाले अदालतले आफ्नो अधिकार क्षेत्र ग्रहण गरी निर्णय प्रदान गर्नु औचित्यपूर्ण नहुने कुरा आदेशमा उल्लेख छ ।  अधिवक्ता ओमप्रकाश अर्यालले गत पुस २५ गते वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिलाई पदमुक्त घोषित गरी नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति न%E