बिहिबार, चैत्र १५, २०८०

राप्ती अञ्चल अस्पतालमा गर्भपतन गराउनेको सङ्ख्या बढदो

 दाङ माघ १३, सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । यस garbaआर्थिक वर्षको हालसम्ममा सो अस्पतालबाट १०३ जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । २०६५ सालमा जनस्तरबाट स्थापित सो अस्पतालले गत वर्षको फागुनदेखि मात्र सुरक्षित गर्भपतनका लागि कानुनी मान्यता पाएको थियो ।

यसअघि जिल्लामा राप्ती उपक्षेत्रीय अस्पताल घोराही, मेरी स्टोप्स सेन्टर तुलसीपुर र परिवार नियोजन सङ्घ दाङले मात्र उक्त सेवा गर्ने पाउने कानुनी मान्यता पाएका थिए । अस्पतालका प्रमुख डा केदारराज सेञ्चुरीले गत साउनदेखि हालसम्म अस्पतालमा १०३ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

यसरी गर्भपतन गराउन आउनेहरुमा २० देखि ४० वर्षका रहेका छन् । MG_0793-300x200अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् । जसमा सबैभन्दा बढी दाङका छन् भने केही सल्यान र रोल्पा जिल्लाका पनि रहेका छन् । अस्पतालले सुरक्षित गर्भपतन गराएबापत रु एक हजार शुल्क लिने गरेको छ । अस्पतालका प्रमुख डा सेञ्चुरीले गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ ।

परिवार नियोजनका साधनहरु अविवाहितका लागि पनि अस्पतालमा निःशुल्क पाइन्छ । अस्पतालमा गर्भपतन गराउँदा सबैल देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनका लागि कानुनी मान्यता नदिएका ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेको पनि डा सेञ्चुरीले बताउनुभयो ।

यो राम्रो होइन, यसले महिलाको ज्यान जोखिममा पु-याउँछ भन्दै उहाँले प्रत्येक महिनामा १२ जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा रहेका केसहरु अस्पतालमा आउने गरेको पनि बताउनुभयो । अस्पतालले आठ हप्ताको गर्भलाई सामान राखेर, आठदेखि १२ हप्तासम्म गर्भलाई भने मेडिकल सुपरिटेन्डेन्टले तोकिएका औजारको सहायताले गर्भपतन गराउने गरिएको छ । रासस