बिहिबार, बैशाख १३, २०८१

राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति यादवकको आह्वान

काठमाडौँ माघ १२, राष्ट्रपति डा रामवरण यादवले यही माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन सहमतिको सरकार गठन  गर्न आहृवान गरेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९१० बमोजिम राजनीतिक सहमतिका आधारमा नवनिर्वाचित संविधानसभामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिको सरकार अविलम्ब गठन गर्न वाञ्छनीय भएकाले राष्ट्रपतिले उक्त आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्दारा आज साँझ जारी प्रेस वित्रप्तिमा जनाएको छ ।

 अन्तरिम संविधानको धारा ३८ ९१०मा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ भने ३८ (२) को उपधारा (१) मा व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ भन्ने उल्लेख छ ।