बिहिबार, बैशाख १३, २०८१

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा राष्ट्रपति यादव र दलका नेताहरूबीच परामर्श

 काठमाडौ पौष १९, राष्ट्रपति डा. रामवरण यादवले आज पनि मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संविधानसभा बैठक आह्वानका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ । यसैक्रममा राष्ट्रपति डा.यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र मधेसी जनअधिकार Rmbफोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा राप्रपा अध्यक्ष थापाले अन्तर्राष्ट्रिय प्रचलनअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले नै बोलाउनुपर्ने, नयाँ संविधान नबनेसम्म राष्ट्रपतिको निर्वाचनबारे विवाद गर्न नहुने र संवैधानिक बाधा अड्काउ फुकाउन सरकारले पहल गर्नुपर्ने बताउँनु भएको थियो भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि  बैठक राष्ट्रपतिले नै बोलाउनुपर्ने   सुझाव दिनुभएको बुझिएको छ ।

त्यसैगरी, विहीवार राष्ट्रपति डा.यादवले नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो ।