शनिबार, बैशाख ८, २०८१

माघ १० देखि छोटो चलचित्र महोत्सवको आयोजना गरिने

काठमाडौं माघ ८, नेपालमा पहिलो पटक छोटो चलचित्र महोत्सव हुने भएको छ ।महोत्सवमा एक मिनेटमा तयार गरिएका विभिन्न सन्देशमूलक ५४ वटा images (1)चलचित्र प्रदर्शन गरिने छ । ‘सञ्चारको कला र अधिकार’ नामक संस्थाले मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी छोटो चलचित्र महोत्सवको आयोजना हुँने जानकारी दिएको हो । छोटो चलचित्र महोत्सवको प्रदर्शनी माघ १० गते गरिने आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष युवराज लामाले युवाहरूलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सकारात्मक सोच फैलाउन त्यस्ता चलचित्रको प्रदर्शनी गर्न लागेको जनाउँदै  महोत्सवमा चलचित्रमा देशका विभिन्न स्थानका जाति समुदायका मौलिक कला, संस्कृति तथा परम्परालाई समेटिएको चलचित्र प्रर्दशन गरिने जनाएको छ ।