शुक्रबार, बैशाख ७, २०८१

माघी महोत्सव सहित उपत्यकामा माघे संक्रान्ति मनाइयो

काठमाडौं माघ २, घिउ, चाकु, तरुल, तिलको लड्डु र सागपातजस्ता पोसिलो र शरीरलाई स्फूर्ति दिने खाद्य पदार्थ खाएर बुधबार माघे संक्रान्ति पर्व मनाइयो । राजधानीमा बिहान सबेरैभक्तजनले टेकु दोभान, पशुपति आर्यघाट, शंखमूललगायत स्थानमा स्नान गरी पूजाअर्चना गरे । माघे संक्रान्तिमा घिउ, चाकु, तरुल, सख्खरमा बनाइएको तिलको लड्डु खाने 20140112-20140112-_NUP0296_6095चलन छ । नेवार समुदायमा भने ती वस्तुका साथ सिद्रा माछा पनि खाने चलन छ । गाउँघरमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ राखेर पकाइएको खिचडी 20140112-20140112-_NUP0297_6096खाने गरिन्छ । यस पर्वमा जीउभरि तेल घसेर दिनभर घाम ताप्ने पनि गरिन्छ ।

यसैबीच थारू समुदायले राजधानीमा धुमधामसाथ माघी पर्व मनाए । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले टुँडिखेलमा आयोजित समारोहका बीच थारू कल्याणकारिणी सभाद्वारा आयोजित थारू माघी महोत्सव २०७० को उद्घाटन गर्नु भएको थियो ।  कार्यक्रममा    रेग्मीले नेपालीबीच कायम रहेको सांस्कृतिक सहिष्णुता र सामाजिक सुसम्बन्धलाई जीवन्त तुल्याउनुपर्ने बताए । समस्त थारू समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासको कामना गर्दै आफ्ना विशेषताहरूको जगेर्ना गर्न सधैं हौसला र प्रेरणा प्राप्त भइरहोस् भन्ने शुभकामना व्यक्त  उनले भने । विभिन्न ८० स्टलमा थारू जातिको पहिचानजन्य खानपान, हस्तकलाका सामग्री प्रदर्शन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यस्तै त्रिशुली र मुस्ताङको दामोदर कुण्डबाट आएको कालीगण्डकीको संगम देवघाटमा स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास सहित माघे संक्रान्तिको अवसरमा चितवन र तनहुँको संगमस्थल देवघाटमा बुधवार ठूलो मेला लागेको छ ।